हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।१२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सल्यानको दमाचौरमा शुरु भएको छ ।

जिल्ला खेलकुद विकास समितीका अध्यक्ष खड्ग आचार्यको अध्यक्षतामा सुरु भएकाे खेलकुद कार्यक्रम छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको उद्धघाटन गर्नुभएको थियो ।

कार्यक्रममा कर्णाली प्रदेश खेलकूद विकास परिषद सदस्य भुमा बुढाथोकी, भानुभक्त माद्यामिक बिद्यालय दमाचौरका प्रधानाध्यापक खुमानन्द केसी, जिल्ला खेलकूद विकास समिती सल्यानका पुर्वअध्यक्ष विजय सिंह लगाएतले सफलताको शुभकामना दिनुभएको थियो ।

खेलकूद विकास समिती सल्यानका सदस्य सचिव तुफान वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख शिवराज अधिकारीले गर्नुभएको थियो ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ मा रहेको भानुभक्त माद्यामिक बिद्यालय दमाचौरको खेलमैदानमा शुक्रवारबाट शुरु भएको प्रतियोगिता आइतवार सम्म सञ्चालन हुने आयाेजकले बताएकाे छ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार, ,  ७ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्