हामी परिक्षण प्रसारणमा छौ



सल्यान । दार्मा गाउँपालिका सल्यानमा स्वास्थ्य संकट एवम् विपत पुर्व तयारी तथा प्रतिकार्य योजनाको प्रस्तावित मस्यौदा २०७९ माथी छलफल भएको छ ।

दार्मा गाउपालिकाको हलमा संचालन भएको छलफलमा दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी , उपाध्यक्ष जुना मल्ल, प्रमुख प्रशासकीय अधिकृत रेशम बहादुर वली लगाएत दार्मा गाउँपालिकाका कार्यपालिका सदस्यहरु लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो।

उक्त मस्यौदा तयारीको लागि पालिका स्तरमा यस अघि नै मसौदा कार्यदल गठन भएको थियो । मस्यौदा तयारीमा प्राविधिक सहयोग स्वास्थ्यको लागि सक्षम प्रणाली कार्यक्रमले गर्दै आएको छ। प्रस्तावित मस्यौदामा भएको छलफलमा विभिन्न विषयगत क्षेत्रहरू र सो अन्तर्गतको पुर्व तयारी तथा प्रतिकार्यको प्रमुख क्रियाकलाप लगाएत विविध प्रावधान बारे छलफल भएको गाउँपालिकाले जनाएको छ।

उक्त मस्यौदा माथी आएका सुझाव तथा सल्लाहलाई समेटेर स्वास्थ्य संकट एवम् पुर्व तयारी तथा प्रतिकार्य योजनाको प्रस्तावित मस्यौदा २०७९ अन्तिम स्वीकृतको लागि आगामी गाउँसभामा पेश गर्ने सर्वसम्मत निर्णय समेत गरिएको छ ।

छलफल समापनमा बोल्दै गाउँपालिका अध्यक्ष निम बहादुर केसीले गाउँपालिकाको लागि तत्काल आवश्यक भएको पुर्व तयारी तथा प्रतिकार्य योजना बनाउन लागि परेर लाग्ने
र प्राविधिक सहयोग गर्ने स्वास्थ्यका लागि सक्षम प्रणाली कार्यक्रम लाई धन्यवाद दिदै आफुलाइ खुशी लागेको बताउनु भयो ।

स्वास्थ शाखा प्रमुख यज्ञ बहादुर बस्नेतकाे संचालनमा भएको उक्त कार्यक्रमको सहजीकरण स्वास्थ्यका लागि सक्षम प्रणाली कार्यक्रमका हरिलाल ढकालले गर्नुभएको थियो।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार, ,  ५ : १६ बजे

प्रतिक्रिया दिनुहोस्