हामी परिक्षण प्रसारणमा छौ



रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकाले बुधबार बागमारामा धान रोपेर धान दिवस मनाएको छ।

परिवर्तन गाउँपालिका-३, बागमारामा गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा कर्मचारी,स्थानीय बासीको उपस्थिति मा धान रोपेर १९ औं राष्ट्रिय धान दिवस मनाइएको छ।

गाउँपालिका का अध्यक्ष सुक बहादुर बुढा मगर ,निमित्त प्रमुख प्रशासकिय अधिकृत धुर्बराज न्यौपाने सहित पालिकाका कर्मचारी,स्थानीय बासिहरूले धान रोपेर असार १५ मनाएको  थमन बुढा ले बताउनु भयो ।

नेपालमा विसं २०६१ मंसिर २९ गते निर्णय गरेर २०६२ साल असार १५ गतेदेखि देशभर सरकारी निकायले समेत ओेपचारिक रुपमै राष्ट्रिय धान दिवस मनाउन थालेको पाइन्छ ।कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा अहिले पनि खेतीपाती बनेको छ।

तर भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार नेपालले हाल दैनिक औसत करिब साढे १३ करोडको धान र चामल आयात गर्दै आएको छ । गएको ११ महिनामा नेपालमा ४५ अर्ब २९ करोड रुपैयाँको धान/चामल र धानको बिउ आयात भएको भन्सार बिभागको दाबी छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार, ,  ९ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्