हामी परिक्षण प्रसारणमा छौ



सल्यान । दार्मा गाउँपालिका–४, रातामाटा मा कार्यालय रहेको भल्चौर महिला साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक हेमन्त ओली संस्थाको ३५ लाख रुपैयाँ झ्वाम पारेर  फरार भएको सस्थाका सदस्यले दाबी गरेका छन् ।

सहकारी संस्थाको रकम दुरुपयोग भएको थाहा पाएसंगै सहकारीको हिसाब  विनोद पौडेलको टोलीले छानबिन गर्दा प्रबन्धक हेमन्त ओलीले ३५ लाख रुपैयाँ अनाधिकृत रुपमा लिएको घटना बाहिरिएको थियोे । त्यसलगत्तै सहकारीले ओलीलाई छिटो  रकम फिर्ता गर्न निर्देशन दिदै हिसाब फरफारक गर्न ताकेता गर्दा ओली यतिबेला  सम्पर्क बिहिन भएको सस्थाले जनाएको छ  ।

प्रबन्धक ओली कै कारण सस्था र आफूहरु मर्कामा  परेको भन्दै सहकारी का सेयर सदस्यले  फरार रहेका ओलीलाई कारबाहीको माग राखेर इलाका प्रहरी कार्यालय फारुला चौकीमा संस्थाले उजुरी दिएको छ ।

यसैगरी प्रबन्धक ओलीले आफ्नो सस्था का सदस्यलाई ऋण लगानी गरेको नक्कली कागज बनाएर ३५ लाख रुपैयाँ  अनाधिकृत प्रयोग गरेको सहकारीकी अध्यक्ष हरिकला मल्लले जानकारी दिनुभयो ।

यता प्रबन्धक ओलीले आफु काम विशेषले भारतको बनारसमा  रहेको भन्दै सामाजिक संजाल फेसबुक मार्फत आफु केहि समयपछि सस्थामा फर्कने जानकारि दिनुभएको छ।
हेर्नुहोस् सहकारी र प्रबन्धक

सहकारीले प्रबन्धक ओलीलाई लेखेको सार्बजनिक सूचना
प्रबन्धक ओलीले लेखेको फेसबुक स्टाटस

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार, ,  ३ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्