हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाका चार कृषक  गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका छन् । गाउँपालिकाले कृषि तथा पशुपक्षीका क्षेत्रमा उल्लेखनीय काम गरे बापत चार जना कृषकलाई   गाउँपालिकाले सम्मान गरेको हो । 

यसबर्ष गाउँपालिका अध्यक्ष सर्वोत्कृष्ट पुरस्कारबाट त्रिवेणी गाउँपालिका- ५ ढोरचौर बाख्रा पालन व्यवसायी नेत्रलाल खड्का सम्मानित हुनु भएको छ । उहाँले नगद रु ५० हजार सहित सम्मान पत्र गाउँपालिका उपाध्यक्ष सिता खड्का पुनले प्रदान गर्नुभएको हो । यस्तै गाउँपालिका अध्यक्ष उत्कृष्ट पुरस्कारबाट त्रिवेणी -४ फलाबाङमा भैसीपालन गर्दै आउनु भएका कुल बहादुर भण्डारीले रु २० हजार सहित सम्मानित हुनुभएको छ ।

यसैगरी  त्रिवेणी-२ का कर्ण बहादुर थापा  र त्रिवेणी-६ का सिमापाखाका रत्न बहादुर  रेउलेले तरकारी खेतीबाट गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कारबाट रु २० हजार सहित सम्मानित हुनु भएको गाउँपालिका को कृषि शाखाले जनाएको छ । 

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सिता खड्का पुनले कृषि क्षेत्रमा पछिल्लो समय केही सुधार देखिएको बताउँदै धेरै मेहनत गरेर राम्रो काम गरेका किसानहरूबाट अरूले पनि सिक्नु पर्ने बताउनु भयो ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार, ,  ६ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्