हामी परिक्षण प्रसारणमा छौ



दाङ । गएराति दाङको घोराहीमा भएको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिदा दुुई जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् ।
दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले का अनुसार गएराति घोराही उपमहानगरपालिका–७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा३प २९२२ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिदा उक्त घटना भएको थियो ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा परी मोटरसाइकल चालक घोराही–१५ का ३५ वर्षीय गङ्गाबहादुर कवर र साइकलयात्री घोराही–७ का १६ वर्षीय रितेश केसीको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार घोराही–७ का ३८ वर्षीय वसन्त चौधरी र साइकलयात्री सोही ठाउँका १५ वर्षीय विनोद भण्डारी घाइते भएका छन् भने घाइते दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार, ,  ११ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्