काठमाडौं । नेकपा माओवादी केन्द्रको बैकल्पिक केन्द्रीय सदस्यमा सल्यानबाट पाँच जना नेता मनोनयनमा परेका छन् ।
केन्द्रीय कमिटीको आइतबार बसेको बैठकमा सल्यानका पाँच नेता मनोनयनमा परेको केन्द्रीय सदस्य रमेश मल्लले सल्यानन्यूजलाई जानकारी दिनुभयो ।
केन्द्रीय सदस्य मल्ल का अनुसार आज मनोनयन भएका बैकल्पिक केन्द्रीय सदस्यमा भिम प्रकाश शर्मा,कृति बहादुर पुन,रत्न बहादुर वली,गणेश शाहि र दिलमाया बुढा रहनुभएको छ।
यसअघि सल्यानबाट टेक बहादुर बस्नेत,टीका बुढाथोकी,रमेश मल्ल र ४० भन्दा कम उमेर समुहबाट तिलकराज भण्डारी पार्टीको केन्द्रीय सदस्यको रुपमा रहनुभएको छ।