हामी परिक्षण प्रसारणमा छौ



दाङ । प्रेस चौतारी नेपालले दाङ जिल्ला इन्चार्ज मा केन्द्रीय सदस्य गणेश आचार्य र सह-इन्चार्जमा रिता लामालाई जिम्मेवारी दिएको छ ।
आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय सदस्य आचार्यलाई दाङ इन्चार्जको जिम्मेवारी दिएको महासचिव हिरामान लामाले आज जारी गरेको सर्कुलरमा उल्लेख छ ।

यसैगरी दाङ जिल्ला सहइन्चार्जमा अर्का केन्द्रीय सदस्य रिता लामालाई जिम्मेवारी दिएको छ । दाङका अन्य केन्द्रीय सदस्यलाई लुम्बिनी प्रदेशका विभिन्न जिल्लाको जिम्मेवारी दिइएको छ । सन्तोष दहित पुर्वी रूकुम इन्चार्ज,विदुर एमसी सहइन्चार्ज र सन्तोषकुमार गुप्तालाई रोल्पा को सह-इन्चार्ज बन्नु भएको छ ।

डेढ दशक देखि सक्रिय रुपमा पत्रकारितामा आवद्ध गणेश आचार्य २०७९ सालमा प्रेस चौतारी नेपाल तुलसीपुर नगर सचिवको जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो । एमाले-माओवादी एकिकरण पश्चात बनेको प्रेस संगठको लुम्बिनी प्रदेश कमिटी सदस्य रहनु भएका आचार्य एकिकरण भंग पश्चात प्रेस चौतारी नेपालको नवौँ पोखरा महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो ।

यहि आइतवार बसेको केन्द्रीय सचिवालय बैठकले दाङ जिल्ला इन्चार्जको जिम्मावारी दिए संगै आचार्यले आफ्ना कारणले संगठनको शिर निहुरिन नदिने प्रतिबद्धता जनाउनु भएको छ। ।

आफु दलगत रुपमा नेकपा एमाले मा आवद्ध भएपनि पत्रकारिताको मर्म र धर्म कहिल्यै नभुल्ले बताउदै आचार्यले भन्नुभयो,’म एमालेको कार्यकर्ता हुँ,तर पत्रकार सबैको हुँ । म समाचार कक्षमा प्रवेश गर्दा दलिय चस्मा बाहिरै राख्ने मेरा सम्पुर्ण सुभेच्छुकमा प्रतिबद्वता जनाउँदछु ।’

प्रकाशित मिति : २२ असार २०७९, बुधबार, ,  २ : १९ बजे

प्रतिक्रिया दिनुहोस्