काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद को अवसरमा यहि असार २६ गते आइतबारका दिन सार्वजनिक बिदा निर्णय गरेको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गरेर भनेको छ,’उक्त पर्व वि स २०७९ असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकोले मिति २०७९ असार २६ गते देशभर सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

Error generating audio.

प्रकाशित मिति : २२ असार २०७९, बुधबार, ,  ३ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्