हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानबाट तिन जना माओवादी केन्द्रको पोलिटब्यूरो सदस्यमा परेका छन् ।

पार्टीको विहीबार बसेको बैठकले १२५ सदस्यीय पोलिटब्यूरो गठन गरेको हो । जसमा सल्यानबाट टेकबहादुर बस्नेत,टिका बुढाथोकी र रमेश मल्ल परेका छन् ।

माओवादी केन्द्रको पोलिटब्यूरो सदस्यमा दाङबाट ७ जना

यसैगरि छिमेकी जिल्ला दाङबाट माओवादी केन्द्रको पोलिटब्यूरो सदस्यमा ७ जना परेका छन् ।

सात जनामा दाङबाट कृष्णबहादुर महरा, जगप्रसाद शर्मा‘अपार’,रेखा शर्मा, हेमराज शर्मा‘डायमन्ड’, इन्द्रजित थारु, निर्मल आचार्य र दामा शर्मा परेका छन् ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार, ,  ४ : १० बजे

प्रतिक्रिया दिनुहोस्