रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा कार्यरत इन्जिनियर नविन डाँगीलाई अख्तियारले ५० हजार घुस सहित पक्राउ गरेको छ ।

सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिई गएको टोलीले डाँगीलाई सेवाग्राहीसँग ५० हजार घुस/रिसवत लिइसकेको अवस्थामा उक्त घुस रकमसहित पक्राउ गरेको अख्तियार अनुसन्धान आयोगले जारी गरेको प्रेस विज्ञप्ती मा उल्लेख गरिएको छ।

आज शुक्रबार डाँगीलाई गंगादेव गाउँपालिका २, स्थित स्वास्थ्य शाखाको भवनमा रहेको निजको निवासबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग ले जनाएको छ ।

अख्तियार का प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार गंगादेव गाउँपालिकाको प्राबिधिक शाखा प्रमुखको रुपमा कार्यरत इन्जिनियर नविन डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस रकम माग गरेको सूचना एवं उजुरी निवेदनका आधारमा पक्राउ गरिएको हो।

Error generating audio.

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार, ,  ९ : १२ बजे

प्रतिक्रिया दिनुहोस्