हामी परिक्षण प्रसारणमा छौ



सल्यान – सल्यानको शारदा नदीमा माछा मार्न गएका एक पुरुष मृत फेला परेका छन् । जिल्लाको शारदा नगरपालिका वडा नं. ६ का ५० वर्षीय डोल बहादुर भण्डारी मृत फेला परेका हुन ।

बिहिवार राती साढे आठ बजेतिर माछा मार्न गएका भण्डारी शारदा नगरपालिका ६ भट्टाचौर नजिकै शुक्रबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार, ,  ९ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्