हामी परिक्षण प्रसारणमा छौ

अध्यादेश सत्ता स्वार्थको पराकाष्ठा हो : जनार्दन शर्मा

अध्यादेश अधिनायकवादको मजबुद अभ्यास हो :  मल्ल



काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले राष्ट्रपतिबाट मंगलबार जारी भएको अध्यादेश फिर्ता हुनुपर्ने बताएका छन् ।

आज जारी भएको अध्यादेशको बिरोध गर्दै शर्माले, सत्ता स्वार्थको परकाष्ठा किन ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन नसक्ने शर्माको भनाई छ ।

फेरि अध्यादेश ! सत्ता स्वार्थको परकाष्ठा किन ? छलफल सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन। हतास मनस्थिति बाट मुक्त होऔ ! अध्यादेश फिर्ता गर।’ उनले फेसबुकमा लेखेका छन् ।

 

अध्यादेश अधिनायकवादको मजबुद अभ्यास हो :  मल्ल

काठमाडौं । नेकपाका युवा नेता रमेश मल्लले मंगलबार सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अधिनायकवादको मजबुद अभ्यास भएको जिकिर गरेका छन् ।

युवा नेता मल्लले अध्यादेशले विपक्षी मात्र होइन नेकपा पार्टी भित्रको फरक मतलाई समेत निषेध गर्ने गरी कुनियत बस अध्यादेश ल्याएको जनाए ।
मंगलबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै उनले अध्यादेश जारी हुनु अधिनायकवादको मजबुत अभ्यासको अर्को शृङ्खला रहेको र यसलाई मुर्दावाद मात्र भन्न सकिने बताएका छन् । अध्यादेश मुलुक र लोकतान्त्रीक विधिपद्धतिविरुद्ध समेत रहेको जनाएका छन् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेबी भण्डारीले मंगलबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) मोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी हुन् ।

आइतबार र मंगलबार बसेको संवैधानिक परिषदमा गणपुरक संख्या नपुगेसँगै प्रधानमन्त्री थप दबाबमा परेका थिए । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने संवैधानिक प्रावधान छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार, ,  ७ : २९ बजे

प्रतिक्रिया दिनुहोस्