हामी परिक्षण प्रसारणमा छौ




म सपना लुटिएको बस्तिबाट तिम्लाइ सम्झिएछु।
मेरा बालापनका मित्रहरु खाडीको तातो हुदै
युरोपका गल्लीमा पहिचान खोजिरहेछन
म्याक्सिकोको जङ्गलमा सपना देखिरहेछन
नेपालको आकासबाट दिनहु उडिरहेछन
एक चम्किलो चादको चादनि सङै
लाखौ उल्का पिन्ड खसे झै
खसि रहेछन !

         ए आमा !

एक हुल मानब रुपि चेतना शुन्यू नर्सिङ्गा
मालिकको सब्द बानको तिर बनेर
सडकका गल्लि गल्लिमा आगो लगाउदै
इतिहासको सभ्यतालाइ आगोमा जलाइ
आफ्नै विवेकलाइ निसेध गरेर
आदिम दासतालाइ स्विकार्दै
दास बनिरहेछन !

        ए आमा !

तिम्रो अस्मिता सङ्ग सम्झौता गर्न गद्दीको
उपहास सङ्गै बैरि सङ्ग गिद्दे नजर मिलाइ
मदिराको मधुमासमा अधेरि कोठाको पर्दा बाट
निस्कलङ्क हिमालको छहारी देखिरहेछन
कथाको अभिनय सङ्गै
ती राबन रूपी मालिकको श्रनमा
अस्तित्वको हरन गरिरहेछन

   ए आमा !

तिम्रा ति निमुखा सन्तति
न आवाज ओकल्न सक्छन
न त छुट्टै अस्तित्व बोकेर
यी नर्भक्षकको आकासमा तेजस्बि बादल बनेर
लुटको स्वर्गमा अन्धकार छाउने
मेग सहितको न बादल बन्न सक्छन?
ए आमा
ए नेपाल आमा
तिम्रो छातिको लहरामा
ज्योति दिने सपूत कहिले आउछ?
युगको सपना बनेर ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार, ,  ७ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्