हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

बिहान घर नजिकै पोलमा तार तान्ने क्रममा करेन्ट लागी कालिमाटी गाउँपालिका -३, ढोढेनी निवासी २५ वर्षिय बविन भण्डारीको आज(सोमबार) दिउँसो मृत्यु भएको हो।

घर नजिकै को बिजुलीको पोलचढी तार तान्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका भण्डारी लाई प्राथमिक उपचार पछि थप उपचारका लागि दाङ लगिएको थियो । तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयाे।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार, ,  ५ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्