हामी परिक्षण प्रसारणमा छौ



सल्यान । गएराती देखि अवरुद्ध राप्ती राजमार्ग केहिबेर अघिदेखि सुचारु भएको छ ।

राजमार्गको दाङ-सल्यान सडकखण्ड अन्तगर्त चोरखोला नजिकै पहिरो जाँदा अवरुद्ध भएको सडक केहिबेर अघि संचालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गएराती १० बजे खसेको पहिरो सडक विभाग र निर्माण कम्पनिको जेसिबीले पन्छाएपछि आज दिउँसो १ बजेपछि सडक सुचारु भएको हो ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार, ,  २ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्