काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरूबाट प्रस्ताव आह्वान गरेको छ।

शिक्षा मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा साउन ९ मा बसेको बैठकले विद्यालयहरूबाट प्रस्ताव आह्वान गर्ने निर्णय गरेअनुसार आज सूचना निकालेर केन्द्रले साउन २९ गतेभित्र प्रस्ताव पेश गर्न भनेको छ।

भौतिक सुविधा विस्तार गर्न चाहने ७७ वटै जिल्लामा रहेका विद्यालयहरूले सम्बन्धित स्थानीय तहमार्फत् प्रस्ताव पेश गर्न सक्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

Error generating audio.

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार, ,  ९ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्