सल्यान । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समन्वय समितिले तीन वर्षअघि गरेको कारबाही फुकुवा गर्दै प्रदेश सचिवालय सदस्य लोकमान बुढाथोकीलाई पुनः जिम्मेवारीमा फर्काएको छ।

भदौ ११ गते जारी पार्टी सर्कुलरअनुसार बुढाथोकीलाई अघिल्तिरकै जिम्मेवारी कायम राखी सक्रिय भूमिकामा फर्काइएको कर्णाली प्रदेश कमिटी सदस्य शोभाराम भण्डारीले जानकारी दिनुभयो।

बुढाथोकी २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट बागचौर नगरपालिकाका नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो। तर, २०७९ सालको निर्वाचनमा पार्टीका उम्मेदवार कृति बहादुर पुन (प्रकाण्ड)लाई पराजित गराउन भूमिका खेलेको आरोपमा सोही वर्ष जेठ ७ गते नगर कमिटीले कारबाही सिफारिस गरेको थियो।

हालै अखिल (क्रान्तिकारी) का थारमारे क्याम्पसमा स्ववियु सभापतिका उम्मेदवार जिताउन सक्रिय भूमिका खेलेपछि बुढाथोकी पुनः माओवादी केन्द्रमै फर्किने अनुमान गरिएको थियो।

Error generating audio.

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार, ,  ११ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्