हामी परिक्षण प्रसारणमा छौ



तिमि दलित लाइ अधिकार दिन लडेको मान्छे
तिमि महिला लाइ अधिकार दिन लडेको मान्छे
तिमि जनजाति लाइ अधिकार दिन लडेको मान्छे
न तिमि खाराको लडाइमा थाक्याै
न तिमि अर्घाखाँची को सन्धिखर्क मा थाक्याै
हो तेसैले तिमि थाक्नु हुदैन
तिमिले बिश्राम लिन मिल्दैन ।

तिमिले मलाई व्याक्तिगत चिन्दैनाै
तर म तिमिलाई चिन्छु
बिजुलिको तार काट्ने मुसालाई फालेको
कुलमान घिसिङ लाइ ल्याएको
अर्बाैं पैसा दिँदा पनि नलिएर
अँध्यारो नेपाल लाइ उज्यालो बनाएको
तेसैले तिमि थाक्नु हुदैन
तिमिले बिश्राम लिनु हुँदैन।

राज्यको हरेक निकायमा
जनार्दन चाहिन्छ
बल्ल पो जनताले सुख पाइन्छ
काग कराउँदै गर्छ पिना सुक्दै गर्छ
कुकुर भुक्दै गर्छ हात्ती लम्कँदै गर्छ
तिमि लामो रेसको घोडा हाै
यदि तिमिले अादेश दिएमा
हामि अझै मर्न मार्न तयार छाैं
तेसैले तिमि थाक्नु हुदैन
तिमिले बिश्राम लिनु हुँदैन।

तिमि हिजो पनि निर्दोष थियाै
अाज पनि निर्दोष भयाै
भोलि पनि निर्दोष हुनेछाै
किन कि तिमि संग सत्य छ
तिमि संग देश बनाउने भिजन छ
तेसैले तिमि थाक्नु हुदैन
तिमिले बिश्राम लिनु हुँदैन ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार, ,  ३ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्