हामी परिक्षण प्रसारणमा छौ



दाङ, १४ साउन । प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका- ४ भ्यागुतेमा शनिबार दिउँसो १२ बजेतिर जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका-३ का ३२ वर्षिय गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी सत्यनारायण थापाले बताए ।

डीएसपी थापा का अनुसार स्वर्गद्वारीबाट भिङ्ग्रीतर्फ जाँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटना घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य  घाइतेहरुलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ ।

प्रहरी का अनुसार रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय वासिन्दा शुक्रबार तीर्थयात्राका लागि स्वर्गद्वारी आएको उक्त जीपमा १७ जना सवार थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार, ,  ५ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्