हामी परिक्षण प्रसारणमा छौ




१९ साउन, काठमाडौं । सरकारले मंसिर ४ गते एकै पटक प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने  निर्णय गरेको छ ।

एक मन्त्रीले जनाए अनुसार बिहीबार(आज) बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र प्रतिनिधि सभा को निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो। सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बुधबार बसेको बैठकले मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने  सहमति गरे बमोजिम आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति घोषणा गरेको जनाइएको छ।

४ मंसिरमा  प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकैचरणमा गर्ने निर्णय सरकारको निर्णय संगै अब मतदाता नामावली संकलन कार्य रोक्का हुनेछ भने सरकार काम चलाउमा परिणत भएको छ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार, ,  २ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्