हामी परिक्षण प्रसारणमा छौ

नेपाल वार एशोसिएशन सल्यानको अध्यक्षमा ओली

चौथो कार्यकालका एक्ला उम्मेदवार



सल्यान । नेपाल वार एशोसिएशन सल्यानको अध्यक्षमा सि.पि ओली निर्विरोध चयन भएका छन् ।
नेपाल वार एशोसिएशनको ११ औं साधारण सभाद्वारा ओललीको अध्यक्षतामा ९ सदस्यीय समिति निर्विरोध चयन गरिएको हो ।

उपाध्यक्षमा दुर्गा पुन, सचिवमा थलरज भण्डारी, कोषाध्यक्ष विष्णु शर्मा चयन भएका छन । यस्तै सदस्यहरूमा लालबहादुर रावत, इन्द्र भण्डारी, घनश्याम भण्डारी र एकदेव शर्मा चयन भएका छन् । साधारण सभाले गृदल बोहरालाइ केन्द्रीय पार्षद चयन गरेको छ ।

यो सँगै ओली वार एशोसिएशन सल्यानको चौथो कार्यकालसम्म अध्यक्ष बन्न सफल भएका छन् ।
जिल्ला न्यायधिश कुलप्रसाद पाण्डेको प्रमुख अतिथ्यतामा भएको उक्त साधारणसभाले सांगठनिक तथा अर्थिक प्रतिवेदन समेत पारित गरेको थियो । लालबहादुर रावतको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाको संञ्चालन डम्बर वलीले गरेका थिए ।

 

प्रकाशित मिति : १ पुस २०७७, बुधबार, ,  १० : ३९ बजे

प्रतिक्रिया दिनुहोस्