हामी परिक्षण प्रसारणमा छौ



१९ साउन, सल्यान । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सल्यानका नेता लोकपाल केसी सल्यान को मोख्लामा मृत अवस्थामा फेला परेका छन् ।

छत्रेस्वरी गाउँपालिका-४ भिम्पे ठूलीखर्क घर भएका उनी बागचौर नगरपालिका-१० मोख्ला स्थित धान खेतमा बिहिवार बिहान मृत अबस्थामा भेटिएका हुन् । पार्टीको विशेष कमिटीका सदस्य समेत रहेका पूर्व जिल्ला इन्चार्ज केसी धान खेतमा घोप्टो परेको अवस्थामा मृत फेला परेको स्थानीयले बताएका छ्न् ।

मोख्लाबाट स्यानीखालतिर जाने क्रममा भीरबाट लडेको जस्तो देखिएको भए पनि घटनाको थप अनुसन्धान भइरहेको प्रहरी ले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी, स्थानियबासी र आफन्तहरु पुगेका छ्न । सल्यानका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले आफू उक्त स्थानतर्फ जान लागेको बताए । 

शब भेटिएको स्थानमा अनुसन्धान जारी रहेको र जिल्ला अस्पतालबाट डाक्टर पुगेपछि नेता केसीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल खलंगा पठाउने तयारी भइरहेको प्रहरिले बताएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार, ,  ३ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्