हामी परिक्षण प्रसारणमा छौ



२१ साउन,सल्यान । सल्यानमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका – ४ साइलाकम्दका केशर बस्नेतकी चार बर्षिया छोरी जोसना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

शुक्रवार जंगलबाट ल्याएको च्याउ खाएर बिरामी भएकी बालिकालाई सल्यान जिल्ला अस्पतालबाट थप उपचारकालागी प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको थियो । उनको उपचारका क्रममा शनिवार दिउसो मृत्यु भएको सल्यानका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए ।

च्याउ खाएर बिरामी भएका केशर बस्नेतकै ९ बर्षिय छोरा जोन बस्नेतको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । उनको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको प्रहरिले बताएको छ । च्याउ खाएर बिरामी भएका साइलाकम्दकै ४० बर्षिया मिना बस्नेत र उनकी छोरी २५ बर्षिया पबित्रा बस्नेतको बाँकेको नेपालगन्जमा उपचार भैरहेको छ ।

यस्तै जंगली च्याउ खाएर बिरामी भएका बनगाड कुपिन्डे नगरपालिका – ९ जयतपानीका एकै घरका ४ जनाको उपचारपनि जारी रहेको छ । ४८ वर्षीय भुप बहादुर वली, उनको ४५ वर्षीया श्रीमती मनकलि वली, २३ वर्षीय छोरा प्रकाश वली र बुहारी २१ वर्षीया सुशिला वलीको उपचार भैरहेको हो ।

सल्यान जिल्ला अस्पतालबाट सामान्य उपचारपछि गएरातिनै प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएका उनिहरुको स्वास्थ्यमा सुधार हुँदै  गएको र हाल उनिहरु बोल्नसक्ने अबस्थामा रहेको जिल्ला प्रहरि कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार, ,  ४ : ३० बजे

प्रतिक्रिया दिनुहोस्