हामी परिक्षण प्रसारणमा छौ



सल्यान । बागचाैर नगरपालिका वडा नम्बर ६ काे वडा कार्यालयमा बत्ति बलेको छ । मंगलबार बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमकाे प्रमुख आतिथ्यतामा बत्तिको उद्घाटन गरिएको हाे ।

विधुत लाइन उद्घाटन गर्दै बागचाैर नगरपालिका नगर प्रमुख जनकराज गाैतमले ले वडाकाे प्रमुख समस्याकाे रुपमा रहेको विधुत लाइन नगरको ६ नम्बर वडामा बिस्तार हुँदा खुसी लागेको बताउनुभयो । उहाँले वडाका सबै बस्तीहरुमा आफ्नो कार्यकाल भित्र विधुत लाइन बिस्तार गर्ने लक्ष्य लिएर काम गरिरहेकाले वडाका सबै नागरिक अब विधुतकाे पहुँचमा रहने बताउनुभयो । अहिले नयाँ-नयाँ प्रबिधिकाे प्रयाेग संगै हरेक काम छिटो छरितो हुनेहुदा नगरपालिका प्रबिधि मैत्री बनाउन विधुत महत्त्वपूर्ण रहेकाले यसलाई प्रमुख प्राथमिकता दिएर काम गर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा बाेल्दै नगर उप-प्रमुख सुम्निमा डि.सी (वली) ले विधुत प्रयाेग निकै जाेखिम हुने भएकोले सावधानी तरिकाले प्रयाेग गर्न आग्रह गर्दै विधुत अहिलेकाे समयमा अत्यावश्यक भएको बताउदै विश्वासभरमा हुने सबैखाले सुचना प्राप्त गर्न विधुतकाे महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो ।

कार्यक्रममा बाेल्दै वडा नम्बर ६ का वडा अध्यक्ष ज्ञान बहादुर वलीले वडा कार्यालयमा साेलार बाट काम गर्दा पावर (भाेल्टेज) नपुग्ने समस्याले सास्ती भाेग्दै आयकाेमा अब त्यस्ताे सास्ती भाेग्नु नपर्ने सेवा छिटोछरितो हुने बताउनुभयो । वडाका अन्य विभिन्न गाउँ बस्तीमा अब छिटै विधुत बिस्तार हुने बताउनुभयो । उहाँले अबको ५ बर्षमा विद्युत, खानेपानी, सडक स्तरउन्नति गर्ने र बेरोजगारी लाई रोजगार को ब्यबस्थापन गर्नेमा नै जोड दिने बताउनुभयो ।

कार्यक्रममा बाेल्दै वडा नम्बर २ का वडा अध्यक्ष दिपेश डि.सीले नगरपालिकाले लिएको लक्ष्य अनुरुप वडा नम्बर ६ काे वडा कार्यालयमा विधुत लाइन बिस्तार भएको बताउदै अब नगर भित्रका सबै वडा गाउँटाेल सम्म विधुत बिस्तार हुने बताउनुभयो । आफू जनप्रतिनिधि मात्रै नभइ नेपाली काङ्ग्रेस बागचाैर नगर सभापति पनि भएको भन्दै सबै वडामा सम्मान किसिमले बिकास गर्न पहल गर्ने बताउनुभयो ।

वडा नम्बर ६ का वडा अध्यक्ष ज्ञान बहादुर वलीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बागचाैर नगरपालिका नगर प्रमुख जनकराज गाैतम, बिशिस्ट अतिथि नगर उप-प्रमुख सुम्निमा डि.सी (वली) अन्य अतिथिहरुमा वडा नम्बर २ का वडा अध्यक्ष दिपेश डि.सी कार्यपालिका सदस्य रेशम वि.क, निवर्तमान वडा अध्यक्ष भुपेन्द्रराज वली, वडा सदस्यहरु, विभिन्न राजनीतिक दलका नेता, पत्रकार, स्थानीयहरुकाे उपस्थिति रहेकाे थियाे ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार, ,  १० : ०१ बजे

प्रतिक्रिया दिनुहोस्