हामी परिक्षण प्रसारणमा छौ




१ भदौ,दाङ । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं. २ की करिब ४५ वर्षीया लिला सार्की हराउनुभएको छ । उहाँ दाङको घोराहीस्थित नयाँ बसपार्कबाट साउन २९ गते आइतबारदेखि हराउनुभएको हो।

उहाँ सोहि दिन स्वर्गद्वारीबाट घोराहीसम्म बसमा आउनुभएको थियो । त्यसपछि बसपार्कबाट सम्पर्क विहीन भएको आफन्तले जानकारी दिएका छन् । आफन्तका अनुसार उहाँले गुनियो र टिसर्ट लगाउनुभएको छ भने लट्टा परेको कपाल छ ।

साथमा एउटा झोलासमेत बोक्नुभएको छ । प्रहरीलाई खोजतला गरिदिन आग्रह गरिएको भएपनि चार दिनदेखि उहाँ नभेटिनुभएको परिवारले जनाएको छ ।

कसैले देखेमा वा भेटाएमा नजिकैको प्रहरी चौकीमा बुझाइदिन तथा सम्पर्क गर्न परिवारले सबैसंग आग्रह गरेको छ । साथै सार्कीकी आफन्तको फोन नम्बर ९८१०८१९६५२ वा ९८०९५०१४७३ वा ९८०९७ ९४५४९ मा सम्पर्क गरिदिन समेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार, ,  ५ : ५० बजे

प्रतिक्रिया दिनुहोस्