१ भदौ,सल्यान । सल्यानको शारदा नगरपालिका -१२ ले गर्भवती महिला अस्पताल जाँदा लाग्ने एम्बुलेन्स भाडा वडाले नै बेहोर्ने निर्णय गरेको छ।

आज वडा कार्यालय ले एक सूचना जारी गर्दै वडा भित्र का गर्भवती महिलाहरुलाई सुत्केरी बनाउन अस्पतालसम्म पुर्‍याउनका लागि वडा कार्यालय मार्फत एम्बुलेन्स भाडा वडा कार्यालय ले नै बेहोरिदिने उल्लेख छ।

आफुहरु जनताको सुखदुःख को साथी भएकोले महिला दिदीबहिनीको सेवाको लागी आफुहरुले यसप्रकार को निर्णय गरेको वडा अध्यक्ष सुरेन्द्र बुढा ले सल्यानन्युजलाई बताउनु भयो ।

Error generating audio.

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार, ,  ६ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्