हामी परिक्षण प्रसारणमा छौ



१ भदौ,सल्यान । सल्यान जिल्ला पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । नेपालको ६८ औँ जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको हो ।

स्थानिय स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिस्चितता – हाम्रो प्रतिबद्धता भन्ने मुलनाराका साथ बुधबार एक कार्यक्रमका बिच जिल्ला समन्वय समितीको हलमा घोषणा कार्यक्रम सम्पन्न भएको हो । १६ देखि २३ महिनाका ३ हजार ५ सय ७७ जना बालबालिकाले नियमित खोप पाएपछी जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका १६ देखि २३ महिनासम्मका एक हजार ६ सय ८७ बालबालिकाले पूर्ण रूपमा खोप पाएको र जिल्लाका दशवटै स्थानीय तहले पूर्ण खोप घोषणा गरेसँगै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्यसेवा कार्यालय सल्यानका निमित्त प्रमुख दशरथ कुमार श्रेष्ठले बताउनु भयो । 

बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप पाए नपाएको अनुगमन गर्न घरधुरी सर्वेक्षण गरिएको थियो । प्रत्येक स्थानीय तहले वडामा घरधुरी सर्वेक्षण गरेर सबै कार्य पूरा गरिसकेपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्यसेवा कार्यालयले जनाएको छ ।

सो अबसरमा प्रतिनिधिसभा सदस्य तथा पुर्ब सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले ब्यानर पढेर तथा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभएको हो। घोषणासभाका प्रमुख अतिथी समेत रहेका बस्नेतले आगामी दिनमा पनि पूर्ण खोपको सुनिश्चितता गर्न सम्बद्ध सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बतानु भयो ।

कर्णाली प्रदेशसभा सदस्य गुलाबजंग शाहले पूर्ण खोपको सुनिश्चितता कायम राख्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा कपुरकोट गाउपालिका अध्यक्ष दुर्गा पुन, प्रमुख जिल्ला अधिकारी बिपिन आचार्य, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रबि खड्का, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नवीन पौडेलले आफ्नो धारणा राख्नुभएको थियो ।

हालसम्म राष्ट्रिय खोप तालिकामा १३ वटा रोगविरुद्धको खोप समावेश गरिएको छ । कार्यक्रममा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि सहयोग पुर्याउने विभिन्न व्यक्ति र संस्थालाई प्रशंसापत्रद्वारा सम्मान गरिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार, ,  ७ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्