हामी परिक्षण प्रसारणमा छौ




१ भदौ, सल्यान ।विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको स्थापना दिवसको अवसरमा सल्यानमा दृष्टिविहिन विद्यार्थीलाई स्कूल ब्याग वितरण गरेको छ।

शारदा नगरपालिका-१,का वडा अध्यक्ष प्रदिप कुमार पाण्डेले स्कूल ब्याग वितरण गर्नु भएको हो । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज, जिल्ला शाखा सल्यालने छात्रावास सितलपाटी सल्यानमा आयोजना गरेको कायाक्रममा शिवजन माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन १४ जना छात्र छात्राको लागि स्कूल ब्याग वितरण गरिएको हो । विश्व शान्ति तथा अध्यात्म विज्ञान जना छात्र छात्राहरुलाई ब्याग वितण गरिएको हो । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजले जिल्लाको सदरमुकाम खलंगा लगातका विभिन्न स्थानहरुमा योग, ध्यान र मोटिभेशनल कक्षाहरु संचालन गर्दै आएकोछ ।

योग अभ्यासको माध्यमबाट शरिर तथा मन मष्तिस्कलाई स्वास्थ राख्न सकिने भएकाले मानव जीवनमा योगको महत्व ठूलो रहेको प्रमुख अतिथि पाण्डेले बताउनु भयो । कार्यक्रमा कर्णाली प्रदेश संयोजक योग प्रशिक्षक गिता वलीले मानव जिवनमा योगको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो । योगले शरिर तन्दुरस्त राख्ने र ध्यानले आत्मा र पर्मात्मालाई जोडी मन तथा मष्तिस्कलाई स्वस्थ अवस्थामा राख्ने भएकाले योग र ध्यानको महत्व वढी रहेको बताउनु भयो ।

छात्रावासमा बिहान संचालित कार्यक्रमको अध्यक्षता शिवजन माध्यामिक विद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले गर्नु भएको थियो । कायक्रममा दृष्टिविहिन विद्यार्थीका श्रोत शिक्षक राजेश प्रसाद अर्यालले योग तथा ध्यान बाट विद्यार्थीहरु लाभान्वित भएको बताउनु भयो । कार्यक्रममा पशिक्षक गिता वलीलाई कदर पत्र सहित सम्मान गरिएको हो । कार्यक्रमको सहजीकरण योग प्रशिक्षक सनत कुमार शर्मा र खडग बहादुर रानाले गर्नु भएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार, ,  ७ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्