हामी परिक्षण प्रसारणमा छौ



३ भदौ,काठमाडौँ। सरकारलाई आफुहरुका मागबारे पटकपटक कुरा राख्दा समेत त्यसको कुनै सुनुवाइ नभएको भन्दै सडक आन्दोलनमा उत्रिएका  देसभरका विद्यालय कर्मचारीहरूको आन्दोलन झन् कडा हुने भएको छ।

सरकारले आफूहरूसँग विभिन्न समयमा गरेका सहमति स्वयंम सरकारको तर्फबाट उल्लङ्घन भएको र आफ्ना माग सम्बोधन नगरेको बिरोध मा आफुहरूले बिहीबार शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा तालाबन्दी गरेको नेपाल विद्यालय कर्मचारी परिषद् सल्यानका अध्यक्ष मदन बस्नेत ले बताउनु भयो ।

नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको अगुवाइमा यसअघि देखि नै आन्दोलन र विरोधका कार्यक्रमहरू हुँदै आए पनि बिहीवार बाट धर्ना सुरु भएको थियो। तर माग सम्बोधन गर्ने तिर सरकारले कुनै तदारुकता नदेखाएको भन्दै उनीहरूले बिहीबार केन्द्रको मूल गेटमै तालाबन्दी गरेका हुन्।

सरकारले विद्यालय कर्मचारीको पूर्ण सेवा सुविधाको ग्यारेन्टी गर्नुपर्ने, विद्यालय कर्मचारी सहायक (लेखापाल) हरूका लागि रु ३४,७३० मासिक तलब र दुई हजार रुपैयाँ महँगी भत्ता गरी जम्मा रु ३६,७३० दिनुपर्ने आन्दोलनरत विद्यालय कर्मचारीको  माग छ।

यस्तै विद्यालय सहयोगीलाई रु २४,२१० र महँगी भत्ता दुई हजार गरी रु २६,२१० दिनुपर्ने, शिक्षा ऐन २०२८ मा संशोधन गरी विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरेर एक पटकको लागि प्रक्रिया पुर्‍याई स्वतः स्थायी गर्नु पर्ने लगायतका आफुहरुका  जायज माग राज्यले सम्बोधन नगरे धर्ना,तालाबन्दी भन्दा झन् कडा स्वरुपको आन्दोलनको विकल्प रोज्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार, ,  १० : २१ बजे

प्रतिक्रिया दिनुहोस्