हामी परिक्षण प्रसारणमा छौ

पहिलोपटक प्रचण्ड निवास खुमलटारमा ओली

ओली खुमलटार किन जाँदैछन् ?



काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पहिलोपटक खुमलटार जाँदैछन् ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार केहीबेरमा खुमलटारमा प्रधानमन्त्री आउने तयारी भएको छ ।

नेकपामा पछिल्लो पटक आन्तरिक विवाद झन् पेचिलो बन्दै गएपछि प्रचण्डलाई केही अफर सहित फकाउनलाई ओली प्रचण्ड निवास खुमलटार जान लागेको स्रोतको दाबी छ ।

 

खुमलटार किन जाँदैछन् ओली ?

 

प्रचण्ड नेपाल पक्षले शुक्रबार पार्टी कार्यालय पेरीसडाँडामा प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुसँग छलफल गर्दै अब ओलीसँग जस्तो परिस्थितिमा पनि डटेर लड्ने निर्णय गरेको थियो । उक्त छलफलमा ओलीले अध्यादेश फिर्ता नलिएमा झन् कडा ‘एक्सन’ लिने चेतावनी प्रचण्डले दिदै अगुवा कार्यकर्तालाई त्यसतर्फ ध्यानाकर्षण गराएका थिए ।

सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी आध्यादेश फिर्ता लिन ओली अझै मानेका छैनन् । नेकपाको नेकपाको स्थायी कमिटीको बैठक भोलि बोलाइएको र पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको बेला दुई अध्यक्ष बिच आज हुने भेटलाई निकै अर्थपूर्णरूपमा हेरिएको छ ।

 

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार, ,  १० : ४६ बजे

प्रतिक्रिया दिनुहोस्