हामी परिक्षण प्रसारणमा छौ




५ भदौ,काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएलको काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले अध्यक्षमा सुवोध श्रीपाली र महासचिवमा गणेश शाही सर्बसम्मत चयन गरेको छ।

काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाबाट रुकुम का श्रीपालीलाई अध्यक्षमा र महासचिवमा सल्यानका गणेश शाही चयन गरिएको वाईसीएलका नेता दीपेन्द्र कुमार वलीले सल्यानन्युजलाई जानकारी दिनुभयो  । वलीका अनुसार केन्द्रीय समिति ३५१ सदस्यीय घोषणा गरिएको छ । जसमा पदाधिकारीमात्रै ६१ जनाको बनेको छ । पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्षलगायतको पद सिर्जना गरिएको छ । 

शुक्रबार वाईसीएलको राष्ट्रिय भेलाको उद्घाटन अध्यक्ष प्रचण्डले गर्नुभएको थियो । त्यसपछि बन्दसत्र सम्पन्न भएपनि निर्वाचन प्रक्रिया सुरु भएकामा सर्वसम्मत रुपमा श्रीपाली अध्यक्ष चयन हुनुभएको हो। यसअघि श्रीपाली वाईसीएलको सहसंयोजकको भुमिकामा रहनु भएको थियोे भने शाही कार्यालय सदस्यको भुमिकामा रहनुभएको थियो ।

यसअघिको सम्मेलन बाट संयोजक चयन हुनुभएका देवकोटाको ४० वर्षे उमेर हद कटेपछि श्रीपालीले वाईसीएलको यो सम्मेलन बाट नेतृत्व पाउनुभएको हो । 

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार, ,  ९ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्