हामी परिक्षण प्रसारणमा छौ



भदौ , दाङ । जिल्लाको घोराहीबाट सिसहनियाँ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा गाडी धनीको सहमतिमा सोहि टिप्परका चालक र सहचालकले मिलेर आगजनी गरेको खुलासा भएको छ।

लामो समय पार्किङमा राखिएको गाडी एकाएक मंगलबार चलाएर सिसहनिया लैजान खोज्दा आगजनी भएको हुँदा घटना केहि शंकास्पद भएकोले टिप्पर चालक र सहचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दा उनिहरु नै उक्त घटनामा जोडिएको तथ्य आफुहरुले पाएको दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिनुभयाे ।

एसपी काफ्लेले भन्नुभयाे ‘टिप्परमा कति मान्छे थिए भनी सोधपुछ गर्दा कहिले ४ जना कहिले ३ जना भन्थे । थप अनुसन्धान गर्दा बिमा बापत को रकम पाउने लोभमा गाडी धनिको सहमतिमा आगजनिमा सोहि टिप्परका चालक र सहचालक नै संलग्नता रहेको पाइयो ।’

दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार  विभिन्न चार राजनीतिक दलले नेपाल बन्द घोषणा गरेको मौका छोपी आफ्नै टिप्परमा मंगलबार बिहानै आगजनी गरेकोले चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको छ । दाङ प्रहरीले अहिले गाडी धनीको समेत खोजी गरिरहेको जनाएको छ। उता टिप्पर आगजनिको घटना लगत्तै बिप्लब नेतृत्व नेकपा दाङका सेक्रेटरी प्रदिप वलीले घटनामा आफुहरुको कुनै संलग्नता नरहेको बताउनुभयो ।

आज चार क्रान्तिकारी कम्युनिस्ट पाटीले नेपाल बन्दको घोषणा गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन् ।

यस्तै ,दाङबाट आज बिहानै ८ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार, ,  १२ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्