हामी परिक्षण प्रसारणमा छौ



७ भदौ,दाङ । मंगलबार (आज) बिहान दाङमा बिमाको लोभमा आफ्नो टिप्परमा आगो लगाउने तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

घोराही-लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाउन सल्लाह दिने टिप्पर धनी घोराही-१८ का ४३ वर्षिय धनेश्वर भण्डारी, टिप्पर चालक राप्ती गाउँपालिका-८,पिपरीका ३२ वर्षिय अरुण चौधरी र सहचालक गढवा गाउँपालिका – ७,चन्दनपुरका १७ वर्षिय आकाश चौधरीलाई पक्राउ गरी दाङ प्रहरीले सार्वजनिक गरेको हो ।

टिप्पर धनि धनेश्वर भण्डारीले आफ्नो टिप्पर पुरानो बन्दै गएको र पछिल्लो समय खर्च अत्याधिक बढाएको भन्दै बिमा दाविका लागि आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो । तिनै जना दोषि ठहर भएमा कानुन अनुसार १ वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार, ,  ६ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्