हामी परिक्षण प्रसारणमा छौ



७ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) का ६१ पदाधिकारी सहित ३५१ केन्द्रीय सदस्यले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

यही भदौ ३ गतेबाट सुरु भएको दोस्रो भेला भदौ ५ गते आइतबार राति सम्पन्न भएको थियो । पदाधिकारीसहित केन्द्रीय कमिटी सर्बसम्मत चयन भएसंगै मंगलबार राष्ट्रिय सभा गृहमा सपथ गराइएको हो । वाइएिसलको दोस्रो राष्ट्रिय भेलाबाट कुल ६१ पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय समिति बनाएपछि सपथ लिएका हुन् । अध्यक्षमा सुवोध शेर्पाली र महासचिवमा गणेश शाही सर्वसम्मत चयन भएका हुन् ।

इञ्चार्ज रामप्रसाद सापकोटा (दीपशिखा) का अनुसार वाइएिसलको दोस्रो राष्ट्रिय भेलाले ६१ सदस्यीय पदाधिकारी र तीन सय ५१ सदस्यीय केन्द्रीय समिति सर्बसम्मत चयन गरेको हो। वाइएिसलको वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर गुरुङ, उपाध्यक्षमा गोगन मल्ल, मञ्जु बम, मिङ्माडन्डु शेर्पा, केहरसिंह कुँवर, ज्ञानेन्द्रबहादुर ढुङ्गाना, उमेश घोरासैनी चयन भएका छन् ।

यस्तै,महासचिवमा गणेश शाही, उपमहासचिवहरुमा पुष्प वली, मीनबहादुर घर्ती, एबिराज राई, दिलबहादुर थापा, रतनबहादुर शाही र रेशम महरा छन् । त्यस्तै, सचिवमा हरि ढकाल, नवीन खड्कासहित ४५ जना रहेका छन् भने कोषाध्यक्षमा सन्तोष पनेरु चयन भएको वाइसीएलका नवनिर्वाचित महासचिव गणेश शाहीले सल्यानन्युजलाई बताउनुभयो ।

सल्यानबाट वाइसीएलको केन्द्रीय समितिमा निर्वाचित टिम ।

महासचिव सहित सल्यानका ६ जनाले लिए सपथ
वाइएिसलको दोस्रो राष्ट्रिय भेलाबाट सल्यानबाट महासचिव सहित ६ केन्द्रीय सदस्यमा निर्वाचित भएका छ्न् । जसअनुसार कुमाख गाउँपालिका-५, निवासी गणेश शाही महासचिव, बागचौर नगरपालिका-७ निवासी शोभाराम भण्डारी,कपुरकोट गाउँपालिका-२ निवासी सेर बहादुर पुन,वडा नम्बर-३ निवासी दिपेन्द्र ओली, शारदा नगरपालिका निवासी सुरेन्द्र कंवर र छ्त्रेस्वरी गाउँपालिका निवासी प्रतिभा  वलीले मंगलबार (आज) राष्ट्रिय सभा गृहमा सपथ लिएको वाइसीएल नेपाल का नवनिर्वाचित केन्द्रीय सदस्य सुरेन्द्र कंवरले सल्यानन्युजलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार, ,  ९ : १७ बजे

प्रतिक्रिया दिनुहोस्