हामी परिक्षण प्रसारणमा छौ



१० भदौ,तुलसीपुर । बिहिवार राती देखि परेको भारी वर्षाले दाङ-सल्यान सडक खण्ड अन्तगर्त तुलसीपुर-३, साततलेमा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता बखत बहादुर शाहीका अनुसार पहिरोले बाटो अवरुद्ध भएसंगै दाङ-सल्यान सडक खन्डमा यातायातका साधन अझै सञ्चालनमा आउन सकेका छैनन् । सडक अवरुद्ध हुँदा गन्तव्यमा हिडेका यात्रुहरु बिचबाटोमै रोकिएका छन् । अस्थायी प्रहरी पोस्ट गोठिखोला का अनुसार अहिले पहिरो हटाउने काम भइरहेको  छ।(फाइल फोटो )

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार, ,  १० : ३२ बजे

प्रतिक्रिया दिनुहोस्