हामी परिक्षण प्रसारणमा छौ



भदौ ११,तुलसीपुर । दाङ तुलसीपुरमा बसले किचेर सल्यान बागचौर नगरपालिका का एक वृद्धको मृत्युु भएको छ ।

रुकुम पश्चिमबाट तुलसीपुर आएको ना ३ ख ४४०० नम्बर को यात्रु बहाक बसले सोही बसबाट ओर्लिएका सल्यान बागचौर नगरपालिका वडा नम्बर ५ का ८४ वर्षीय भिम बहादुर भण्डारीलाई किचेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

भण्डारी शुक्रबार सल्यानबाट सोही बसमा चढेर तुलसीपुर आउँदै गर्दा बेलुका ६ बजे तुलसीपुरको बिरेन्द्र चोक नजिकै बसबाट ओर्लदा उनलाई सोहि बसले किचेर उनि गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक बखत बहादुर शाहीले जानकारी दिनुभयो।

प्रहरी निरिक्षक बखत बहादुर शाहीका अनुसार बसलेे किचेर घाइते भएका भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि नेपालगन्ज लिने क्रममा बाटोमै उनको मृत्युु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार, ,  ४ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्