हामी परिक्षण प्रसारणमा छौ



१४ भदौ,सल्यान । नेकपा एकीकृत समाजवादी सल्यानले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा प्रकाश ज्वालाको नाम सिफारिस गरेको छ ।सिफारिसमा पर्नुभएका ज्वाला नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव एवं कर्णाली प्रदेश इन्चार्ज हुनुहुन्छ।

ज्वालालाई पार्टी अध्यक्ष माधवकुमार नेपालका अत्यन्त बिश्वासपात्र का रुपमा हेर्ने गरिन्छ । ज्वाला प्रदेश सभा (ख) क्षेत्रबाट प्रदेश सांसद तथा आर्थिक मामिला मन्त्री रहेकै बखत नेकपा एमालेको गलत कार्यको भन्डाफोर गर्दै उक्त पार्टीबाट बिद्रोह गर्दै २०७८ मा नेकपा माओवादी केन्द्रको नेतृत्वको कर्णाली प्रदेश सरकार जोगाउन महत्त्वपूर्ण भुमिका खेल्दै आफ्नो पद समेत गुमाएको र नेतृत्वसँग पनि सिधा पहुँच भएकाले गठबन्धन भएपनि ज्वालाको सकेसम्म प्रतिनिधिसभा सदस्य त्यो सम्भव नभए प्रदेशसभाको सीट सुरक्षित रहेको नेकपा एसका नेताहरूको दाबी छ ।

यसैगरी एकीकृत समाजवादीको शोमबार(हिजो) सम्पन्न जिल्ला कमिटीको बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ दामोदर शर्मा र महिलामा शान्ता हमाल लाई सिफारिस गरेको छ भने प्रदेशतर्फ केन्द्रीय सर्कुलर अनुसार  प्रदेश ‘क’ र ‘ख’ मा प्रत्यक्ष तथा समानुपातिक तर्फ गरेर तिन/तिन जनाको नाम सिफारिस गरेको जिल्ला कमिटी सचिव एवं प्रचार विभाग प्रमुख रमेश गौतमले जानकारी दिनुभयो।

गौतम का अनुसार बैठक ले प्रदेश ‘क’ मा लोकबहादुर डाँगी, प्रेमा अधिकारी, जीवन बिसी र प्रदेश ‘ख’ मा भद्रसिंह बुढा, शारदा परियार र हरि केसीको नाम सिफारिस गरिएको छ । मंसिर ४ मा हुने निर्वाचनका लागि अहिले एक महिने प्रचारप्रसारको कार्यक्रम तोकिएको र जिल्लाका १० वटै  पालिकामा सुरुवातमा पालिकास्तरीय भेला, त्यसपछि वडा भेला र सभा गर्ने कार्यक्रम रहेको र हाल पालिकास्तरीय बैठक, भेटघाट भइरहेको छ।

ज्वाला २०५६ को आम चुनावमा सल्यान १ बाट,२०७० को दोस्रो संबिधान सभा निर्वाचनमा सल्यान २ मा एमालेबाट विजयी हुनुभएको थियो।यस्तै,२०७४ को प्रदेश सभा चुनावमा सल्यान ‘ख’ मा एमालेबाट विजयी हुनुभएको थियो भने २०६४ मा पहिलो संबिधान सभा निर्बाचनमा सल्यान १ मा माओवादी केन्द्रका नेता टेकबहादुर बस्नेत संग पराजित हुनुभएको थियो ।
सल्यान खलंगामा बसेको पार्टीको जिल्ला कमिटी बैठकले ज्वाला लाई सर्वसम्मत रूपमा सिफारिस गरेको जिल्ला कमिटी सचिव एवं प्रचार विभाग प्रमुख रमेश गौतम ले सल्यानन्युज लाई जानकारी दिनुभयो । मंसिर ४ मा हुने निर्वाचनमा पाँच दलिय गठबन्धन भएको खण्डमा सल्यानमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले पनि प्रतिनिधि सभा सदस्य आफुले पाउनुपर्ने भन्दै दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार, ,  ६ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्