हामी परिक्षण प्रसारणमा छौ



भदौ १६,सल्यान । सल्यान कालिमाटीमा पहिरोले बाख्रा गोठ पुरिदा ३१ बाख्रा मरेका छन् ।

बिहीबार (आज)बिहान करिब ६ बजेतिर आएको पहिरोले कालिमाटी गाउँपालिका-५,जुमखोलाका अम्मर बहादुर खत्रीका १० वटा बोका,११वटा खसी र १०वटा बाख्रा पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोले खत्रीको गोठ, शौचालय र बाख्रा खोर पुरि दिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार, ,  ६ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्