हामी परिक्षण प्रसारणमा छौ



भदौ २०,सल्यान । सल्यानममा आफ्नै ट्रकले किच्दा तीन वर्षीय  एक बालकको मृत्यु भएको छ ।


जिल्लाको शारदा नगरपालिका-१,श्रीनगरमा लु १ ख ९२५९ नम्बरको  ट्रकले किच्दा  ट्रक धनीका ३ वर्षीय छोरा कृतिक भण्डारीको सोमबार दिउँसो मृत्यु भएको हो । सामान लोड गर्न जाने क्रममा बच्चा एक्कासी ट्रक तिर आउँदा ट्रकको पछाडीको भागले किच्दा गम्भीर घाइते बालकको उपचारको क्रममा श्रीनगरस्थित परोपकार हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बालकलाई किच्ने ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । 
 

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार, ,  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्