२३भदौ, सल्यान । नेकपा माओवादी केन्द्रले सल्यानले संघ र प्रदेश निर्वाचनका लागि आफ्ना उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
माओवादी केन्द्रको सल्यान जिल्ला समन्वय समितिको बुधबार जिल्ला सदरमुकाम खलंगा मा बसेको बैठकले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा प्रत्यक्षतर्फ चुनाव लड्न इच्छुक नेता कार्यकर्ताहरुको नाम मा ब्यापक छ्लफल गरेको थियो । प्रतिनिधिसभा को लागि एकल नाम सिफारिस गर्ने निर्णय गर्न नसेकेपछि जिल्ला समन्वय समिति बैठकले अन्तिम निर्णय गर्ने अधिकार कार्यालयको जिम्मा दिएको थियो ।
बिहीवार बिहान बसेको जिल्ला कार्यालय को बैठकले सल्यानबाट प्रतिनिधिसभा को लागी टेक बहादुर बस्नेत र रमेश मल्लको नाम कर्णाली प्रदेश समितिमा सिफारिस गरेको हो ।
यस्तै प्रदेशसभा तर्फ (क) मा भिम प्रकाश शर्मा र (ख) मा चित्र बहादुर केसी को नाम सिफारिस भएको माओवादी केन्द्र सल्यानका जिल्ला संयोजक कृति बहादुर पुन (प्रकान्ड)ले सल्यानन्युज लाई जानकारी दिनुभयो । बस्नेत पार्टी को पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभाका सांसद हुनुहुन्छ भने मल्ल पार्टीको पोलिटब्युरो सदस्य तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिवको जिम्मेवारीमा हुनुहुन्छ । बैठकले संघको समानुपातिकमा दिलमाया बुढामगर, कमल विक र रत्नबहादुर वलीको नाम सिफारिस गरेको पार्टी सचिव नीमबहादुर केसीले जानकारी दिनुभयो ।

प्रदेशसभाका लागि प्रत्यक्षबाट प्रदेश ‘क’ मा भीमप्रकाश शर्मा र ‘ख’ मा चित्रबहादुर केसीको नाम सिफारिस भएको छ । त्यस्तै प्रदेश ‘क’ मा समानुपातिकबाट धर्मे बुढा, टीका बुढाथोकी, तिलककुमार विक र कल्पना पुनको नाम सिफारिस भएको छ भने ‘ख’ मा नवीन भडेल, मन्जु यरी, राधा शर्मा, लक्ष्मी बोहरा र रुद्रबहादुर घर्तीको नाम सिफारिस भएको छ ।
Error generating audio.