हामी परिक्षण प्रसारणमा छौ



२५ भदौ, सल्यान । “जनता बैंकमा हैन बैंक जनतामा जानु पर्दछ” भन्ने मुलनारा बोकेको मुक्तिनाथ विकास बैंकले शनिबार ग्राहकमा वित्तीय साक्षरता पुराउन र आफ्नो सेवा,सुविधाहरुको जानकारी तथा खाता खोल्ने सुविधा दिन देशभर बृहत घर दैलो कार्यक्रम सम्पन्न गरेको छ ।

यसै क्रममा केन्द्रीय कार्यक्रम अन्तरगत मुक्तिनाथ बिकास बैंक क्षेत्रीय कार्यालय कोहलपुर को श्रीनगर शाखा सल्यान ले समेत आज बैंकिङ साक्षरता तथा घरदैलो कार्यक्रम सल्यानमा सुरु गरेको छ। यस कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारीहरु तथा अन्य सम्पूर्ण कर्मचारीहरु र केही संस्थापक शेयरधनीहरुको समेत सहभागीता रहेको श्रीनगर शाखा का कर्जा बिभाग प्रमुख हरि प्रकाश वलीले जानकारी दिनुभयो ।

बैंकले आयोजना गरेको घर दैलो कार्यक्रमले बृहत उदेश्य बोकेको छ, मात्र मुक्तिनाथ बैंकको सेवा सुविधाका बारेमा नभई यस कार्यक्रमबाट बैंकिङ्ग सुविधाको साक्षरता बढाउने मुख्य उदेश्य बैंकले लिएको छ ।

यसरी घर दैलो कार्यक्रम राख्दै बैंकले ग्राहक महानुभावहरुमा बैंकका विभिन्न सेवाका बारे ग्राहकहरुको घरमै गएर जानकारी गराउँदा ग्राहकहरुले पनि बैंकिङ्ग सेवा बारे रहेका जिज्ञासाहरुको उत्तर घरै बसेर थाहा पाउने विश्वास बैंकले लिएको छ । यस बाट बैंकको नाम मात्र नभई बैंकिङ्ग श्रेत्रको बारेमा पनि साक्षरता बढ्ने बैंकको धारणा छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्यजुनसुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मातथामिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार, ,  ९ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्