हामी परिक्षण प्रसारणमा छौ



१३ असोज, सल्यान। सत्ता गठबन्धनको बुधबार रातीसम्म भएको छलफलले सल्यान सहित अरु १७ क्षेत्रको बाहेक अन्य सबै जिल्लाका प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सिट बाँडफाँट करिब टुंगो लगाएको छ ।

कार्यदलका एक सदस्यका अनुसार सिट संख्या टुंगो लगाए पनि अझै केहि क्षेत्रमा उच्च तहका नेता व्यवस्थापन गर्नुपर्ने भएकाले सहमतिको टुंगो लागेको छैन । हालसम्म सल्यान सहित १७ क्षेत्रमा दोहोरो तेहरो दाबी कायमै छ ।

ति कार्यदल सदस्यले दिएको जानकारी अनुसार हाल सम्म नेपाली कांग्रेसले ८३ सिट, नेकपा माओवादी केन्द्र ३६ सिट, नेकपा एकीकृत समाजवादीले १४ सिट, जनता समाजवादी पार्टीले १३ सिट र राष्ट्रिय जनमोर्चाले २ सिट लिने गठबन्धनको बिच सहमति भएको छ। अन्य १७ क्षेत्रमा भएको दोहोरो तेहरो दाबीलाई उच्च नेतृत्वले टुंगो लगाउने सहमति समेत गठबन्धन दलबिच सहमति भएको छ।

यी हुन् कांग्रेसले प्रतिनिधिसभामा पाउने निर्वाचन क्षेत्र

नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ।  सत्ता गठबन्धनको बुधबार बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने सहमति हुनुका साथै तीमध्ये अधिकांश क्षेत्रको भागबण्डा टुंगिएको हो ।

जसअनुसार काँग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर- ३, कञ्चनपुर-२, डडेलधुरा, दार्चुला, कैलाली- १, ४, ५, अछाम -२, बाजुरा, सुर्खेत- १ र २, दैलेख – २, मुगु, नवलपरासी पश्चिम -२, बर्दिया- १ रहेको छ । दैलेख-१ मा भने एकीकृत समाजवादीको पनि दाबी छ । 

यसैगरी चितवन –  १ र २, गोरखा – १, मनाङ, कास्की- १, तनहुँ- १ र २, स्याङ्जा- १ र २, नवलपरासी पूर्व- १ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी- १, पाल्पा- १, अर्घाखाँची, रुपन्देही – ३,४ र ५, कपिलबस्तु – २, ३, दाङ- ३ र बाँके – ३ निर्वाचन क्षेत्रबाट पनि काँग्रेसले उम्मेदवारी दिने सहमति भएको छ । 

यसैगरी पाँचथर, इलाम-२, झापा – १,३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ-१,२,३ र ६, सुनसरी – २,३ र ४, ओखलढुंगा, उदयपुर – १, सप्तरी -३, ४, सिरहा – १, २ धनुषा- २, ३ र ४ महोत्तरी – २ र ३ निर्वाचन क्षेत्र पनि काँग्रेसले लिने सहमति भएको छ ।

यस्तै सर्लाही – ४, बारा- १, पर्सा -३ र ४, सिन्धुली-१, रसुवा, धादिङ – २, नुवाकोट -२, काठमाडौं – १, १०, ३,४,५,६, भक्तपुर – १ र २, ललितपुर – १, काभ्रे –२ सिन्धुपाल्चोक – २ र मकवानपुर- १ कांग्रेसले लिने बताइएको छ । 

जसमध्ये कांग्रेसले पाउने भनिएको धनुषा – ४ मा जसपा, महोत्तरी – ३ मा पनि जसपाको दाबी कायमै छ भने गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले दोलखा वा रामेछाप मध्ये एक निर्वाचन क्षेत्र पनि पाउने सहमति छ ।

यी हुन् माओवादी केन्द्रले पाउने निर्वाचन क्षेत्र

सत्ता गठबन्धनको बुधबार बसेको बैठकले माओवादी केन्द्र ले पाउने अधिकांश निर्वाचन क्षेत्रको टुंगो लगाएको छ ।
जसअनुसार माओवादी केन्द्रले  झापा २, ५, भोजपुर, मोरङ ४, ५, सोलुखुम्बु, उदयपुर २, सिरहा ३, धनुषा १, महोत्तरी १, सर्लाही ३, सिन्धुली १, नुवाकोट १, काठमाडौं २, काठमाडौं ९, काभ्रे १, सिन्धुपाल्चोक १, चितवन ३, गोरखा २, लमजुङ कास्की १ वा ३, बागलुङ २, कपिलबस्तु १, रुकुम पूर्व, रोल्पा, दाङ २, बाँके १, बर्दिया २, नवलपरासी पश्चिम १,जुम्ला, कालीकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, अछाम १, कैलाली २ र ३ बैतडी, कञ्चनपुर १ र ताप्लेजुङ मा आफ्ना उम्मेदवारलाई गठबन्धनका साझा उम्मेदवार का रुपमा प्रत्यक्ष चुनावमा उठाउने छ । 

यस्तै बारा ४, अछाम १, सल्यान ,नवलपरासी १, रुपन्देही १, धादिङ १ सर्लाही २ र खोटाङमा भने माओवादी केन्द्र्को जस्तै अन्य पार्टीको पनि कडा दाबी रहेकाले ति स्थानको हालसम्म पनि टुंगो लाग्न सकेको छैन । बाबुराम भट्टराई नेतृत्वको नेसपा सहित माओवादीले ५३ सिट नछाड्ने अडान कायम राखेको छ।

यी हुन् एकीकृत समाजवादीले पाउने निर्वाचन क्षेत्र

 सत्ता गठबन्धनको बुधबार बसेको बैठकले एकीकृत समाजवादीलाई १७ सिट दिने करिब सहमति भए अनुसार एकीकृत समाजवादीले ले इलाम १, रौतहट १, बारा ४, धादिङ १, काठमाडौं ८, ललितपुर २, मकवानपुर २, कास्की २, गुल्मी २, पाल्पा २, रुपन्देही २, दाङ १, डोल्पा, दैलेख १, अछाम १, बझाङ र डोटीको निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव लड्ने भएको छ । 
यस्तै, बारा ४, धादिङ १, अछाम १ मा अन्य पार्टीले समेत दाबी रहेकोले ति क्षेत्रमा थप छलफल गरेर अन्तिम रुप दिइने कार्यदलका एक सदस्य सल्यानन्युजलाई जानकारी दिनुभयो ।

यी हुन् जसपाले पाउने निर्वाचन क्षेत्र

यसैगरी,सत्ता गठबन्धनको बिच भएको सहमति अनुसार जसपाले सुनसरी १, सप्तरी, १, सिरहा ४, महोत्तरी ४, सर्लाही १, रौतहट ३, बारा २, बारा ३, पर्सा १ र २, काठमाडौं ७, बाँक  र सप्तरी २ मा चुनाव लड्ने छ । 

जसपाको धनुषा ३ मा भने कांग्रेसको समेत दाबी परेको छ भने महोत्तरी ३ र रुपन्देही १ मा जसपासँगै माओवादीले पनि आफ्नो दाबी छोडेको छैन।

यी हुन् राष्ट्रिय जनमोर्चाले पाउने निर्वाचन क्षेत्र

यसैगरी सत्ता गठबन्धनको बिच भएको सहमति अनुसार राष्ट्रिय जनमोर्चाले बागलुङ १ र प्युठान मा चुनाव लड्ने छ । 

हालसम्म सत्ता गठबन्धनको बिच अन्तिम सहमति नभएका निर्वाचन क्षेत्र कहाँ कहाँ  ?

हालसम्म माओवादी केन्द्रले पाउने भनिएको १३ क्षेत्रमा कांग्रेस, एकीकृत समाजवादी र जसपाले समेत दाबी गरेकोले अन्तिम टुंगो लाग्न सकेको छैन । जसअनुसार सल्यान ,खोटाङ, उदयपुर २, धादिङ एक,अछाम १ र बारा ४ माओवादीले पाउनुपर्ने क्षेत्रमा एकीकृत समाजवादीको दोहोरो दाबी गरेकाले सहमती हुन सकेको छैन । सर्लाही क्षेत्र नम्बर २ र रुपन्देही १ माओवादी केन्द्रको क्षेत्रमा जसपाले समेत दाबी गरेकाले गठबन्धन दलबिच अझै सहमति हुन बाँकी छ । नवलपरासी पश्चिम-१ मा माओवादीको कडा दाबी छ भने कांग्रेसले समेत आफ्नो दाबी छोडेको छैन । 

यस्तै एकीकृत समाजवादीका अन्य तीन सिटमा माओवादीको समेत दाबी रहेकाले ति स्थानमा अझै सहमती हुन सकेको छैन । जसमा बारा ४, धादिङ १ र अछाम १ एकीकृत समाजवादीले पाउनुपर्ने क्षेत्रमा माओवादीले समेत दाबी छोडेको छैन । 

यस्तै मोरङ क्षेत्र नम्बर तीनमा कांग्रेसको कडा दाबी छ भने जसपाले समेत आफ्नो दाबी छोडेको छैन । दोलखा र रामेछाप दुबै कांग्रेसले दाबी गरेपछि माओवादी दुई मध्ये एक सीट पाउनुपर्ने दाबी गरेको छ । धनुषा क्षेत्र नम्बर ४ मा कांग्रेसको कडा दाबी छ भने जसपा को समेत यहि स्थानमा कडा दाबी छ। यस्तै दैलेख एकमा कांग्रेसको कडा दाबी छ भने यही क्षेत्रमा एकीकृत समाजवादीको समेत कडा दाबी रहेकाले सत्ता गठबन्धन बिच सिट बाँडफाँडको अन्तिम सहमति अझै भएको छैन । 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार, ,  १ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्