हामी परिक्षण प्रसारणमा छौ



१३असोज,सल्यान । सल्यान बागचौरमा नेकपा माओवादी केन्द्रले चाडवाड लक्षित शुभकामना आदान प्रदान कार्यक्रम सम्प्नन गरेको छ । 


बिहीवार बिहान दशै, तिहार र छठ पर्वको अवसर गरिएको कार्यक्रममा विभिन्न व्यक्तिहरूले शुभकामना आदानप्रदान गर्नुभएको थियो । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक कृति बहादुर पुनको प्रमुख आतिथ्यमा भएको उक्त शुभकामना आदानप्रदान कार्यक्रममा चियापान संगै राजनीतिक भेटघाटको अबसर जुटेकोमा आफुहरुलाई  खुशी लागेको सहभागीहरुको भनाइ छ । 

कार्यक्रम का प्रमुख अतिथि एबम माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक कृति बहादुर पुनले प्रतिगमनको खतरा रोक्न गठबन्धन आवश्यकता रहेको भन्दै परिस्थिति अनुसार गठबन्धन गरिएको र गठबन्धनले करिब दुई तिहाइ जनमत पाउने दाबी गर्नुभयो । पुनले सल्यानका ३ सिटमा ३ पार्टीलाई  १/१ हुने र आफ्नो उम्मेदवार जिताउलाई पनि एकले अर्कोलाई भोट हाल्नुपर्ने धारणा राख्नुभएको थियो । 

नेपाली कांग्रेसका नेता तथा पुर्व शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाहले कुनै पनि पर्वले मित्रवत व्यवहार बनाउने, सम्बन्धमा सहजता ल्याउने भएकाले वास्तविक शुभेच्छा प्रकट गर्दा मात्रै शुभकामनाले सार्थकता पाउने बताउनुभयो। 
शाहले बागचौर नगरपालिकाले सल्यानको राजनीतिमा योगदान अतुलनीय योगदान पुग्ने काम गरेको भन्दै भोलीका दिनमा समेत आफ्नो पहिचान कायम रहनुपर्ने धारणा राख्नुभएको थियो ।

उक्त कार्यक्रममा जिसस सल्यान प्रमुख बेलाराम रावल, बागचौर नगरपालिका प्रमुख जनकराज गौतम, उपप्रमुख सुम्निमा डिसी वली, निवर्तमान प्रमुख लोकमान बुढाथोकी र उपप्रमुख कल्पना पुन, एमाले नेता घनश्याम शर्मा, एकीकृत समाजवादीका नेता ज्ञानेश्वर केसी, राप्रपा नेता टोप बहादुर केसीले समेत शुभकामना मन्तव्य राख्नुभएको थियो। 

यसैगरी,कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष तथा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य ज्ञान बहादुर वली, बागचौरका प्रमुख प्रशासकिय अधिकृत अनन्त कुमार गौतम लगायतले  शुभकामना मन्तव्य राख्दै सबै पार्टी र ब्यक्ति हरुमा भाइचारा को सम्बन्ध हुनुपर्नेमा जोड दिनुपर्ने र सबैले यस्ता कार्यक्रमको आयोजना गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

उक्त शुभकामना आदानप्रदान कार्यक्रम माओवादी केन्द्र बागचौर नगर अध्यक्ष शोभाराम भण्डारीको अध्यक्षता,पार्टीका नगर ईन्चार्ज तथा प्रदेश कमिटी सदस्य टिकाराम वली को स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण पार्टी सचिव दिपक वलीले गर्नुभएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार, ,  २ : १६ बजे

प्रतिक्रिया दिनुहोस्