हामी परिक्षण प्रसारणमा छौ



१४ असोज, सल्यान । नेकपा एमालेका कर्णाली प्रदेश कमिटी सचिवालय सदस्य नेपबहादुर कुंवर (बिबेक) र गत स्थानीय तहको निर्वाचनमा सल्यान बागचौर नगरपालिकाको मेयरमा नेकपा एमालेबाट उमेदवार बनेका तिलक मल्ल(क्षितिज) आज नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ।

कुंवर र मल्ल लाई  माओवादी केन्द्रका अध्यक्षको निवास खुमलटारमा प्रचण्ड ले आज एक कार्यक्रमका बिच माओवादी केन्द्र मा स्वागत गर्नुभएको छ । १० बर्से युद्धकालमा बिबेक उप नामले परिचीत नेपबहादुर कुंवर २६ वर्ष लामो समय आबद्ध माओवादी केन्द्र को राजनीति छाडेर अघिल्लो बर्ष मात्र  नेकपा एमालेमा जोडिनुभएको थियो । एमाले ले कुंवरलाई कर्णाली प्रदेस कमिटी को सचिवालय सदस्य को जिम्मेवारी दिएको थियो ।

यस्तै युद्ध कालमा क्षितिज उपनामले परिचीत तिलक मल्ल पनि शुक्रबार कुंवर संगै माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ। शुक्रबार खुमलटारमा आयोजना गरिएको एक कार्यक्रमका बिच दुबै लाई पार्टी अध्यक्ष प्रचण्ड,माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय टेक बहादुर बस्नेत र रमेश मल्ल लगायत ले स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार, ,  ४ : २३ बजे

प्रतिक्रिया दिनुहोस्