हामी परिक्षण प्रसारणमा छौ



१५ असोज,सल्यान । सल्यान कुमाख-७,डुमकोटबाट खैराबाङ मन्दिरमा दर्शनका लागि हिडेको गाडि दुर्घटना हुँदा एकै घरका काका भतिजिको ज्यान गएको छ । 

दुर्घटनामा परी कुमाख गाउँपालिका वडा नं. ७ डुमकोटका ३९ बर्षिय मान बहादुर पुन र उनकी दाइकी छोरी १४ बर्षकी एनका पुनको निधन भएको हो । रा १ ज ७९८ नं को जिप उकालोमा ब्याक गर्ने क्रममा सडकबाट १०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ  । 
घटनामा घाइते दर्जन भन्दा बढिको उपचारको लागी जिल्ला अस्पताल सल्यान पठाइएको वडा अध्यक्ष डम्बर शाहीले जानकारी दिनुभयो ।

सोही दुर्घटनामा परि एक दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहिको अवस्था गम्भीर रहेको छ । घटनास्थलमा प्रहरी चौकी चोरपानी र इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी टोली पुगेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार, ,  ८ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्