हामी परिक्षण प्रसारणमा छौ



१५ असोज,सल्यान । सल्यान ढोरचौरमा दशै विशेष संस्कृतिक कार्यक्रमको आज अन्तिम दिन चर्चित गायक कृष्ण रेउले,प्रेम बिबस घर्ती,भेलु बाजे लगायतले आफ्नो प्रस्तुति दिने आयोजकले जानकारी दिएको छ ।

राष्ट्रिय संगीत क्रमि संघ जिल्ला कार्यसमिति सल्यानको आयोजना र शारदा युथ क्लब ढोरचौरको सह-आयोजनामा असोज १३ देखी लागेको वृहत सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी,यज्ञ विक,गायिका देवि बस्नेत लगायत ले आफ्नो प्रस्तुति दिइसक्नु भएको छ।

आज मेलाको अन्तिम दिन चर्चित लोक तथा दोहोरी गाएक कृष्ण रेउले,प्रेम बिबश घर्ती,हास्य व्यङ्ग्य भेलु बाजे लगाएतको आकर्षक प्रस्तुति रहने मेला प्रचार प्रसार समिति संयोजक अमृत बाबु बुढाथोकी ले सल्यानन्युजलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार, ,  १२ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्