हामी परिक्षण प्रसारणमा छौ



१५ असोज,सल्यान । सल्यानकाे कुमाख गाउँपालिका- ७, जिमालीमा आज बिहान रा.१ ज.७९८ नम्बरकाे जिप दुर्घटना हुँदा घाइते भएका १७ जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा घाईते १७ जना मध्ये केहीको जिल्ला अस्पताल सल्यान खलंगा मा उपचार भैरहेको छ । यस्तै बागचौर नगरपालिका-२, बागचौर मा रहेको सहज पोलिक्लिनिक र जनप्रिय पोलिक्लिनिकमा समेत घाइतेहरुको उपचार भईरहेको छ । दुर्घटनामा घाइते हुनेहरुमा चालक कुमाख गाउँपालिका ३, चिनाली बस्ने वर्ष २३ का अर्जुन बुढा मगर, सोहि गाउँपालिका ७, तातकोट बस्ने बर्ष १५ का तिलक गोसाई , बर्ष ४९ का  गंग बहादुर पुन, सोहि ठाउँ बस्ने अनिता पुन निजकै छोरा बर्ष ६ का जिबन पुन, बर्ष २० की झुपा पुन, बर्ष २६ की शुसिला पुन, चिनाली घर भएका बर्ष ४१ कि दन्नी ओली को अबस्था मध्यम छ भने डुमकोट घर भएका बर्ष २ का सन्देश पुन अवस्था सामान्य रहेको छ।

कुमाख गा.पा.३ राम्री बस्ने बर्ष १९ की रुपा रावत,बर्ष २० का लोकेन्द्र ओली,कुमाख गा.पा ७,डुमकोट बस्ने बर्ष १६ का हेमराज पुन जिमाली बस्ने बर्ष १३ की प्रतिभा पुन , डुमकोट बस्ने बर्ष १५ का भरत बुढा मगर, बर्ष ३६ की भुमि पुन, अन्दाजी वर्ष २४ कि सुनिता बोहरा पुन मगर को अवस्था गम्भीर रहेको र हाल  उनको जिल्ला अस्पताल सल्यानमा उपचार भईरहेको छ । यस्तै,सुनिता बोहराको ६ महिनाको छोरी को अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यान का प्रवक्ता प्रहरी निरीक्षक सन्तोस खनालले सल्यानन्युजलाई जानकारी दिनुभयो ।

जिल्लाको कुमाख गाउँपालिका वडा नं. ७ डुमकोटका  ३९ वर्षीय  मानबहादुर पुन र सोही ठाउँकी  १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यान का प्रवक्ता प्रहरी निरीक्षक सन्तोस खनालका अनुसार  खैराबाङ मन्दिर दर्शनका लागि जाँदै गरेको उक्त जीप उकालोमा ब्याक गर्ने क्रममा सडक बाट झन्डै १०० मिटर तल खसेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार, ,  १ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्