हामी परिक्षण प्रसारणमा छौ



१६ असोज,काठमाडौं । इटहरी उपमहानगरका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ।  आगामी निर्वाचनमा सुनसरी-२ को (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने शर्तमा उहाँ माओवादी प्रवेश गर्नुभएको माओवादी केन्द्र इटहरी को दाबी छ।

आइतबार विहान नेता चौधरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेर प्रवेश गर्नुभएको हो । 

२०७४ को निर्वाचनमा इटहरी उपमहानगरपालिका को मेयर मा निर्बाचित चौधरी एमाले नेता भीम आचार्य निकट भनेर चिन्ने गरिन्थ्यो।१० बुँदे सहमतिका बेला आचार्य एमालेमा रहेपछि चौधरी पनि एमाले मै रहनुभएको थियो। तर अहिले आचार्यको आफ्नै टिकटको टुंगो नभएका बेला चौधरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ। 

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार, ,  ११ : १४ बजे

प्रतिक्रिया दिनुहोस्