हामी परिक्षण प्रसारणमा छौ



२४ असोज,दाङ । तुलसीपुर- ६,स्थित हात्तीखौवा नजिकै पानी जमेको खाल्डो मा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-१,बयालेकोट निबासी ४४ वर्षीय लुमप्रसाद भण्डारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

डिएसपी  मल्ल का अनुसार भण्डारीलाई स्थानीयले सोमबार बिहान खाल्डोमा जमेको पानीमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको सव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाएको इप्रका तुलसीपुर ले जनाएको छ। बेसुर रुपमा हिड्ने भण्डारीको मादक पदार्थ सेवन गरेर खाल्डोमा परी मृत्यु भएको हुनसक्ने ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार, ,  ७ : ५० बजे

प्रतिक्रिया दिनुहोस्